नियम ८०ग
वैदेशिक तालीमको अवधिको भौगोलिक क्षेत्रको अङ्क
कुनै निजामती कर्मचारी एकै पटक वा पटक पटक गरी दुई महिना भन्दा बढी अवधि वैदेशिक तालीममा गएको भएमा त्यस्तो कर्मचारीलाई त्यस्तो तालीमको अवधिको भौगोलिक क्षेत्र बापत ऐनको दफा २४ग.को
उपदफा (५) बमोजिम “घ” वर्गको लागि तोकिएको अङ्कको आधा अङ्क र दुई महिना वा सो भन्दा कम अवधि वैदेशिक तालीममा
गएका निजामती कर्मचारीलाई “घ” वर्ग सरहको अङ्क दिइनेछ ।